"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

तीनकुनेबाट ७०५ सिलिन्डर ग्यास बरामद, सञ्चालक पक्राउ

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले दुई वटा ट्रकमा लोड गरिएको अवस्थामा ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ग्यास कालोबजारीको आरोपमा बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मोरङको ग्रामथान गाउँपालिका–२ का ३८ वर्षीय लुइँटेलले प्रतिसिलिन्डर दुई हजार ७५० रुपैयाँमा ग्यास बिक्री गर्दै आएका थिए । बरामद सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार आरोपीले नयाँ सिलिन्डरसमेत पाँच हजार रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ

२०८३ भदौ २६ गते शुक्रवार १५:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु