"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार ग्यास सिलिण्डर बिक्री

काठमाडौँ । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरो गएपछि वैकल्पिक मार्गबाट ग्यास ल्याएर पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा दुई लाख ३३ हजार ६६२ सिलिण्डर बिक्री गरिएको छ ।

नेपाल आयल निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८, बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र शुक्रबार ४० हजार ६३६ सिलिण्डर बिक्री गरिएको हो ।

निगमले भदौ १४ गतेदेखि काठमाडौँ, धादिङ र काभ्रेका उद्योगका सिलिण्डर तराईका उद्योगमा रिफिल गरी वैकल्पिक बाटोबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो । पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म यही व्यवस्थाबाट ग्यास आपूर्ति गरिने निगमले जनाएको छ ।

ग्यास नियमित आपूर्ति भइरहेको निगमको दाबी रहे पनि उपभोक्ताको सास्ती भने कायमै छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले ग्यास लुकाएको, स्टक राखेर बिक्री नगरेको वा तोकिएको मूल्यभन्दा बढी लिएको पाइएमा ९८५१३३८३२२ मा जानकारी गराउन आग्रह गरेको छ ।

२०८३ भदौ २८ गते आइतवार ०९:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु