रविको आह्वानमा सर्वदलीय बैठक बस्दै
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बिहान ११ बजे सर्वदलीय बैठक बस्ने भएको छ ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।
२०८३ भदौ ३१ गते बुधवार ०९:३९ बजे प्रकाशित























