उखु किसानलाई अनुदान दिन कार्यविधि स्वीकृत, डेढ अर्ब विनियोजन
काठमाडौँ, असोज २२ गते । सरकारले उखु उत्पादक किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने कार्यविधि स्वीकृत गरेको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको सचिवालयका अनुसार ‘उखु उत्पादक किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७५’ संशोधनसहित पारित भएको हो ।
कार्यविधि स्वीकृत भएसँगै चालु आर्थिक वर्षमा देशभरका उखु किसानलाई अनुदान वितरण गर्न १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । यससँगै किसानले अनुदान रकम सहज रूपमा पाउने अपेक्षा गरिएको छ ।
२०८३ असोज २२ गते बिहीवार १८:५६ बजे प्रकाशित























