"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

आजदेखि ११ केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

काठमाडौं – नेपाल एलपी ग्यास उद्योग संघले ग्यास सिलिन्डर साटफेर गर्ने केन्द्रको संख्या ११ पुर्‍याएको छ । यसअघि ६ वटा केन्द्रबाट मात्रै सिलिन्डर साट्न सकिने व्यवस्था थियो ।

आजदेखि बुढानीलकण्ठ, ललितपुर, कलंकी, खसीबजार र सतुंगलमा थप केन्द्र सञ्चालनमा आएका हुन् । नयाँ केन्द्रमा विभिन्न कम्पनीका ग्यास सिलिन्डर साट्न सकिने संघले जनाएको छ ।

संघका अनुसार बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म सिलिन्डर साट्न पाइनेछ । यो व्यवस्था असोज ३० गतेसम्म लागू हुनेछ ।

२०८३ असोज २६ गते सोमवार १३:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु