"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बुढीगण्डकी बाढीमा पाँच जना बेपत्ता, ४३७ सुरक्षाकर्मी परिचालन

काठमाडौँ । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन् । चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङमा भेडीगोठमा रहेका उनीहरू बाढीमा बेपत्ता भएका हुन् ।

बाढीले विभिन्न स्थानका घर, पुल, विद्युत्का खम्बा र टेलिफोन टावरमा क्षति पुर्‍याएको छ । धार्चेको सल्लेरीस्थित निर्माणाधीन जलविद्युत् आयोजना र आसपासका घरसमेत बगाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धारका लागि ४३७ सुरक्षाकर्मी र नेपाली सेनाका चार हेलिकप्टर परिचालन गरिएको छ । हेलिकप्टरमार्फत हालसम्म ४७ जनाको उद्धार गरिएको छ ।

२०८३ असोज २५ गते आइतवार १९:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु