"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपाली गेमिङ र आइटी उद्योगलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आइटी) उद्योगलाई प्रोत्साहन गर्न नीतिगत सुधार र सहज वातावरण निर्माण गरिने बताएका छन् ।

उनले नेपाली कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न र ग्लोबल युनिकर्न कम्पनीका रूपमा विकास गर्न आवश्यक नियम तथा नीतिहरू पुनरावलोकन गरिने बताएका हुन् ।

प्रधानमन्त्री शाहका अनुसार विश्वभर लोकप्रिय लुडो गेम २० करोड र कलब्रेक गेम १५ करोडभन्दा बढी पटक डाउनलोड भएका छन् । यी दुवै गेम नेपाली कम्पनीले विकास गरेका हुन् ।

गेम डेभलपरहरूसँग छलफल गरी उनीहरूका समस्या समाधान गर्ने काम अघि बढाइएको उल्लेख गर्दै उनले करमा सहुलियत, अन्तर्राष्ट्रिय आम्दानीसम्बन्धी नियममा सहजता र आइटी क्षेत्रमा लगानी बढाइने बताएका छन् ।

साथै गेम जाम, ह्याकाथोन र स्टार्टअप कार्यक्रममार्फत नेपाली गेमिङ तथा आइटी उद्योगको विकास गरिने उनको भनाइ छ ।

२०८३ कात्तिक १४ गते शनिवार १३:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु