"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पत्रकार पक्राउ प्रकरणमा संसदीय समिति गठन गर्न कांग्रेसको माग

काठमाण्डौ – नेपाली कांग्रेसले पत्रकार धरपकडलगायत सरकारका विवादित गतिविधिबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले घटनाहरूको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्ने निर्णय गरेको हो ।

बैठकपछि संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पत्रकार पक्राउको कानुनी आधार सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गर्नु प्रेस स्वतन्त्रता र विधिको शासनविपरीत भएको बताउनुभयो ।

कांग्रेसले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, न्यायपालिकाको स्वायत्तता र संवैधानिक संस्थाको स्वतन्त्रतामाथि असर पर्ने सरकारी गतिविधिको विरोध गर्ने जनाएको छ । साथै, सरकारका सही काममा भने समर्थन रहने आङ्देम्बेले बताउनुभयो ।

२०८३ कात्तिक १६ गते सोमवार १२:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु