बालेन र मोदीले गरे जनकपुरधाम–अयोध्या रेल सेवाको उद्घाटन
जनकपुरधाम–अयोध्या रेल सेवा उद्घाटन, सातामा एक दिन चल्ने
नयाँ दिल्ली – प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
भारतको राजकीय भ्रमणमा रहेका दुवै प्रधानमन्त्रीले आज भर्चुअल माध्यमबाट झण्डा फहराएर रेल सेवाको उद्घाटन गरेका हुन् ।
करिब ६०४ किलोमिटर दूरीको यो रेल यात्रामा १९ घण्टा लाग्नेछ । ‘जनकपुरधाम–अयोध्या क्यान्ट एक्सप्रेस’ नाम दिइएको रेल भारतको जयनगर हुँदै नेपाल प्रवेश गर्नेछ ।
रेल सेवा सातामा एक दिन दुवैतर्फ सञ्चालन हुनेछ । जनकपुरधामबाट शनिबार दिउँसो १स्१० बजे छुट्ने रेल आइतबार बिहान अयोध्या पुग्नेछ भने अयोध्याबाट सोमबार साँझ ५स्५० बजे छुट्ने रेल मंगलबार दिउँसो १२स्४० बजे जनकपुरधाम आइपुग्नेछ ।
यस सेवाले भगवान् रामको जन्मस्थल अयोध्या र माता सीताको जन्मस्थल जनकपुरधामलाई जोड्नुका साथै धार्मिक पर्यटन र दुई देशबीचको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ । यसअघि जयनगरमा रेल परिवर्तन गर्नुपर्नेमा अब आवश्यक सीमासम्बन्धी जाँचपछि एउटै रेलमा यात्रा गर्न सकिनेछ ।
२०८३ मंसिर ७ गते सोमवार १५:२४ बजे प्रकाशित























