"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

जनकपुर–अयोध्या सरयू–कमला रेल सेवा शनिबारदेखि व्यावसायिक सञ्चालनमा

जनकपुरधाम – जनकपुरधाम र भारतको अयोध्याबीच सुरु गरिएको सरयू–कमला एक्सप्रेस रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गरेको एक हप्ताभित्रै रेल सेवा सञ्चालन गर्न तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारततर्फ टिकट बुकिङ खुलिसकेको छ भने नेपालतर्फ आजदेखि जनकपुरधाम रेल्वे स्टेसनमा टिकट बिक्री सुरु हुँदैछ ।

रेल प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्या जाने र सोमबार अयोध्याबाट फर्किनेछ । यात्रुले अनलाइनमार्फत भारतबाट वा जनकपुरधाम स्टेसनमा पुगेर टिकट लिन सक्नेछन् ।

रेलमा शयनयान, वातानुकूलित तृतीय इकोनोमी, तृतीय र द्वितीय श्रेणी गरी चार प्रकारका सिट सुविधा रहनेछन् । भाडादर ३६५ देखि १ हजार ३६० भारतीय रुपैयाँसम्म निर्धारण गरिएको छ ।

जनकपुरधाम र अयोध्याबीच सीधा रेल सेवा सञ्चालनले धार्मिक पर्यटन, सांस्कृतिक सम्बन्ध र दुवै देशका तीर्थयात्रीको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

२०८३ मंसिर १० गते बिहीवार १५:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु