"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नास्टका कर्मचारी आन्दोलनमा, मन्त्री पुनको राजीनामा माग

काठमाण्डौ – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरूले अध्यादेश र नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

१२ बुँदे माग अघि सार्दै उनीहरूले अध्यादेश र नियमावली खारेज गर्न, मन्त्रालयको हस्तक्षेप रोक्न, खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न तथा कर्मचारीको सेवा सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् ।

कर्मचारीहरूले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् ।

‘विज्ञान बचाऔँ, वैज्ञानिक जोगाऔँ, देश बनाऔँ’ नारासहित आन्दोलनमा उत्रिएका कर्मचारीहरूले सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली र नीति बनाउनुपर्ने बताएका छन् ।

२०८३ मंसिर ११ गते शुक्रवार १३:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु