खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, थप ५१ बाख्री नियन्त्रणमा
काठमाडौं । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा पक्राउ परेका ८ जनामाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले थप ५१ वटा बाख्री नियन्त्रणमा लिएको छ ।
काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारबाट प्रहरीले शनिबार बिहान ५६७ किलो बाख्रीको मासुसहित ८ जनालाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार उनीहरूले बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरेका थिए । पक्राउ परेकामाथि थप अनुसन्धान गर्ने क्रममा प्रहरीले ५१ वटा बाख्रीसमेत फेला पारेको हो ।
नियन्त्रणमा लिइएका बाख्रीलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८३ मंसिर १३ गते आइतवार १३:५८ बजे प्रकाशित























