"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

गाडी, मोबाइल र मदिराको आयात प्रतिबन्ध मंसिर २९ गतेसम्म लम्ब्याइयो

काठमाडौँ । सरकारले महँगा गाडी, मोटरसाइकल, तयारी मदिरा र स्मार्ट फोनहरूको आयात प्रतिबन्धलाई थप लम्ब्याएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले यी वस्तुहरुको आयात प्रतिबन्ध मंसिर २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गाडी, मोटरसाइकल, तयारी मदिरा, स्मार्ट फोनको आयात प्रतिबन्ध मंसिर २९ गतेसम्म यथावत राख्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस गरेको थियो ।

४ वस्तु गाडी, मोटरसाइकल, तयारी मदिरा, स्मार्ट फोनको आयात प्रतिबन्ध यथावत राख्ने निर्णय गरेको थियो । यो आयात प्रतिबन्धको अवधि शुक्रबार सकिँदैछ । यी चार वस्तुको आयात प्रतिबन्धलाई पुनस् यथावत राख्न मन्त्रालयले सिफारिस गरेको हो ।

२०७९ असोज २८ गते शुक्रवार १९:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु