"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अब एक पटक रापप्रालाई जिताउँनुहोस्, देशको मुहार फेर्ने छौँ : अध्यक्ष लिङ्देन

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कुरा मात्र गरेर हैन काम गरेर देखाउनुपर्ने समय आएको बताएका छन् । निर्वाचनको बेला कुरा गरेर जनमतलाई आफूतर्फ ल्याउने र पछि कुनै काम नगर्ने प्रचलन अब अन्त्य भएको जिकिर गरे । कपिलवस्तुको जितपुरमा आज आयोजित पार्टीको आमसभा तथा प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले मुलुकलाई समृद्ध बनाउन देश र जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताए ।

“पटकपटक अन्य पार्टीलाई जिताउँनुभयो, अब एक पटक रापप्रालाई जिताउँनुहोस्”, लिङ्देनले भने, “पाँच वर्षको लागि राप्रपाालाई जिताए देशको मुहार फेर्ने छौँ ।” एकतीस वर्षसम्म देशमा नेतृत्व गरेका दलले देश विकास गर्न नसकेको जिकिर गर्दै उहाँले अब नागरिक सजग भएर राप्रपालाई मतदान गर्नुपर्ने बताए ।

२०७८ चैत १६ गते बुधवार २०:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु