"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

१० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

काठमाडौं । नेपालमा यो वर्ष दुई हजारभन्दा बढीमा स्क्रब टाइफस पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा। गोकर्ण दाहालका अनुसार सन् २०२२ सुरु भएदेखि आजसम्म ५० भन्दा बढी जिल्लामा दुई हजार ४२३ जनामा स्क्रब टाइफस पुष्टि भएको छ ।

सन् २०२२ सुरु भएदेखि आजसम्म ५० भन्दा बढी जिल्लामा दुई हजार ४२३ जनामा स्क्रब टाइफस पुष्टि भएको छ ।
स्क्रब टाइफस सबैभन्दा बढी बैतडीमा २१०, डडेल्धुरामा १५७, कञ्चनपुरमा १३४, पाल्पामा ११३, सङ्खुवासभामा १०१, चितवनमा ८४ र काठमाडौंमा ४४ जनामा पुष्टि भएको छ । अन्य जिल्लामा एक सयभन्दा कममा स्क्रब टाइफसका बिरामी भेटिएको डा। दाहालले जानकारी दिए ।

उनका अनुसार हरेक वर्ष यो मौसममा स्क्रब टाइफसका बिरामी देखिने गर्दछन् । गत वर्ष ५० भन्दा बढी जिल्लाबाट १७ सय ७३ जनामा स्क्रब टाइफस पुष्टि भएको उनले बताए ।

२०७९ असोज ३० गते आइतवार १९:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु