ललिता निवास प्रकरण स् संगठित अपराधमा समेत अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणका आरोपितविरुद्ध संगठित अपराधको कसुरमा समेत अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई यो घोटाला प्रकरणमा संलग्नविरुद्ध किर्तेका अलावा संगठित अपराधमा समेत अनुसन्धान गर्न अनुमति दिएको हो ।
संगठित सरकारी लिखत किर्तेमा मुद्दा रूपान्तरण भएसँगै अब प्रहरीलाई आरोपितहरूलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्ने अधिकार प्राप्त हुन सक्छ ।
ब्युरोका एसएसपी दिनेश आचार्यले अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको बताए । ुकिर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न अदालतबाट ७ दिन म्याद थप भएको छ‚ु उनले भने । यसअघि ब्युरोले किर्तेमा मात्र अनुसन्धान गर्न ७ दिनको अनुमति पाएको थियो ।
२०८० असार १९ गते मंगलवार २०:२१ बजे प्रकाशित























