"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अर्घाखाँचीको पाणिनीमा पहिरोले घर भत्काउँदा ३ बालबालिकाको मृत्यु, १ जना घाइते

अर्घाखाँची  । अर्घाखाँची पाणिनी गाउँपालिका–१ कोप्चेमा मंगलबार बिहान पहिराले घर भत्काउँदा ३ जना बालबालिकाको मृत्यु भएको छ। १ जना बालकको उद्धार गरेर उपचारका लागि पाल्पा अस्पताल लगिएको छ ।

गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेका अनुसार बिहान ६ बजे घरमाथिको ढिस्को भत्कँदा गंगा रास्कोटीको घर पुरिएको हो।

मृत्यु हुनेमा ११ वर्षकी अन्जना रास्कोटी, १० वर्षका खुमबहादुर रास्कोटी र ९ वर्षका धनबहादुर रास्कोटी रहेका छन्। १४ वर्षका सचिन्द्र रास्कोटी गम्भीर घाइते रहेको न्यौपानेले बताए। मृतक र घाइते बालबालिका भाइभाइका छोरा हुन्।

परिवारका सदस्य उठेर काममा गएका बेला घरभित्रै सुतिरहेका बालबालिका पहिरोमा परेका थिए।

२०८० असार १९ गते मंगलवार २०:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु