"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

जनगणनामा त्रुटि फेला, झण्डै ७ लाख ७२ हजार जना थपिए

काठमाडौँ। राष्ट्रिय जनगणना २०७८ मा त्रुटि फेला परेको छ। जनगणनाका दौरान ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना नै छुटेको फेला परेको हो।

राष्ट्रिय जनगणनाको प्रभावकारिता पत्ता लगाउन गरिने‘गणना जाँच सर्वेक्षण (पीईएस)ले यस्तो फेला पारेको हो ।

यसअघि जनगणनाको नतिजाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएको थियो।यससँगै नेपालको वास्तविक जनसंख्या २ करोड ९९ लाख ३६ हजार ५७६ जना पुगेको छ ।

तर नेपालको जनसंख्याको आधिकारिक तथ्यांकहरुमा भने यसअघि सार्वजनिक भएको २ करोड ९१ लाख ६४ हजार ५७८ नै प्रयोग हुने भएको छ। यो जनगणनामा कुल २ दशमलव ७३ प्रतिशत त्रुटि देखिएको छ ।

जसमध्ये छुटपुट २.५८ प्रतिशत छ र दोहोरो गणना ०.१५ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।

२०८० असार २७ गते बुधवार २०:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु