"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भ्रष्टाचारको अन्त्य गर्ने तागत माओवादीसँग मात्रै छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको अन्त्य गर्ने तागत माओवादीसँग मात्रै भएको बताएका छन् ।  श्रेष्ठले वीरगञ्जमा आयोजित कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै  यस्तो बताएका हुन् ।

उनले हिजो माओवादीको नेतृत्वमा सरकार बनाउँदा सकारात्मक काम भएको स्मरण गर्दै माओवादी नेतृत्वको सरकारले नै समृद्धिको सपना साकार पार्ने प्रतिबद्धता जनाए । माओवादीले नै अँध्यारो युगलाई उज्यालोमा लैजाने र लोडसेडिङ अन्त्य गर्ने काम माओवादीले नेतृत्वकै सरकारले गरेको र अहिले देश समृद्धिको आधार सुशासन भएकाले भ्रष्टाचारविरोधी अभियान चलाएको बताए ।

राजनीतिक परिवर्तनको नेतृत्व गरेको माओवादीले नै आर्थिक क्रान्तिलाई अघि बढाउँदै समाजवादसम्म पुग्ने लक्ष्यका साथ अघि बढेको उनको भनाइ छ ।

२०८० भदौ १० गते आइतवार २०:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु