"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ।

कोभिड–१९ को पुष्टि गरिएका घटना सार्वजनिक भएभन्दा दुईदेखि १९ गुणा बढी रहेको महामारी तथा संक्रमण रोकथामका निम्ति जिम्मेवार विश्व स्वास्थ्य संगठनका अन्तरिम निर्देशक मारिया भान केरखोभले विशेष विश्लेषणमा बताएकी हुन् ।

५० देशबाट अझै पनि प्रतिमहिना करिब १० हजारजनाको कोरोना–सम्बन्धित मृत्यु हुने गरेको रिपोर्ट गरिएको छ।

भान केरखोभले भाइरसको विकसित प्रकृतिका बारेमा चिन्ता व्यक्त गर्दै  कोभिड–१९ को पछिल्लो संस्करणले विश्व स्वास्थ्य संगठनद्वारा विश्लेषण गरिएको विश्वव्यापी अनुक्रमको लगभग ५७ प्रतिशत प्रतिनिधित्व गर्ने बताएकी छन् ।

डिसेम्बर २०२३ को अन्त्यसम्ममा ७० लाखभन्दा बढी कोभिड–१९ संक्रमणपछि मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

२०८० पुस २८ गते शनिवार २०:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु