प्रधानमन्त्री प्रचण्डले पाए तेस्रोपटक पनि विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । बुधबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभा बैठकमा यही कार्यकालमा तेस्रोपटक विश्वासको मत पाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ सांसदले समर्थन जनाएका छन् भने ११० सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिएका छने ।
१ जनाले मत दिएनन् । मतदानमा २६८ सांसदले भाग लिएका थिए ।
गत वर्ष १० पुसमा नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भएपछि २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका थिए ।
सरकारलाई समर्थन दिएका दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेका कारण प्रधानमन्त्रीले साढे दुई महिनाभित्रै दोस्रो पटक २०७९ चैत ६ गतेविश्वासको मत लिएका थिए ।
२१ फागुनमा कांग्रेसँगको सहकार्य तोडेर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बनाएका प्रचण्डलाई एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले पनि मत दिएका छन् ।
नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायतले विपक्षमा मतदान गरेका थिए ।
२०८० फागुन ३० गते बुधवार १७:३८ बजे प्रकाशित























