"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दुई सातामै अर्को हवाइ दुर्घटना, प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भारी मनका साथ नगरप्रमुखहरुसँग प्रस्तुत हुँदै भेटघाटलाई संक्षिप्त बनाएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाइ दुर्घटना हुनु दुःखद् भएको बताए । उक्त दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी भएको छ ।

२०८१ साउन २३ गते बुधवार १६:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु