"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बंगलादेशमा विद्युत् निर्यात गर्न सरकारले उपयुक्त कदम चाल्ने प्रधानमन्त्रीकाे प्रतिवद्वता

काठमाडौं। बंगलादेशमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम पश्चात् नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्न परराष्ट्र र ऊर्जा मन्त्रालयबाट उपयुक्त सम्झौता सम्पन्न गर्न पहल भइरहेको सरकारले जानकारी दिएको छ ।

बिहीबार रोस्टममा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा भर्खरै अन्तरिम सरकार बनेको र सम्झौता अनुरूप विद्युत् निर्यात गर्न सरकारले उपयुक्त कदम चाल्ने बताए । उनले नेपाल र बंगलादेशबिचको ऊर्जा निर्यातमा सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।

प्रतिनिधि सभा बैठकमा सांसद एनपी साउदले बंगलादेशमा उत्पन्न परिस्थिति पश्चात् विद्युत् निर्यातका लागि सरकारले कस्तो कूटनीतिक प्रयास गरिरहेको छ भनेर प्रश्न गरेका थिए

२०८१ भदौ ६ गते बिहीवार १७:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु