देश चलाउने कुरा अरुलाई गाली गरे जस्तो र सहकारी ठगीजस्तो हुँदैन: प्रधानमन्त्री ओली
झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको बताएको छन्।
भव्य जनसहभागितामा सय मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने बताए।
विश्वका ठुला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे।
उनले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने कुरा अरुलाई गाली गरे जस्तो र सहकारी ठगीजस्तो नहुने पनि बताए।
कार्यक्रममा चीन भ्रमण देशका लागि उपलब्धि भएको र केही समयपछि भारत जाने पनि प्रधानमन्त्रीले अवगत गराए ।
२०८१ मंसिर २३ गते आइतवार १७:२३ बजे प्रकाशित























