"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

छ दिनमा दस लाख किशोरीले लगाए एचपिभी खोप

काठमाडौँ । पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा १० लाख किशोरीले खोप लगाएका छन् ।

माघ २२ गतेदेखि सुरु भएको खोप अभियानमा छ दिनमा १० लाख १६ हजार ७७१ किशोरीले एचपिभी खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश अनुसार कोशी प्रदेशमा एक लाख ८१ हजार ५०, मधेश प्रदेशमा एक लाख ४८ हजार ५६, बागमती प्रदेशमा एक लाख ९६ हजार ७४ किशोरीले खोप लगाएका छन् ।

यसैगरी, गण्डकी प्रदेशमा ८६ हजार ११२, लुम्बिनी प्रदेशमा एक लाख ८९ हजार ८७७, कर्णाली प्रदेशमा ८२ हजार ७९६, सुदूरपश्चिम प्रदेशमा एक लाख  ३२ हजार ८०४ किशोरीले एचपिभी खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ७८६ लक्षित गर्दै एचपिभी खोप अभियान सञ्चालन गरिरहेको छ ।

एचपिभी खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने चिकित्सक बताउछन् । अभियानमा दिइएको खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन चिकित्सकको सुझाव छ ।

२०८१ माघ २९ गते मंगलवार १७:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु