"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बाढी–पहिरोले देशभरका सडक प्रभावित, त्रिशूली–मेलुङदेखि मुगु–गमगढीसम्म सडक अवरुद्ध

काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा यातायात पूर्ण तथा आंशिक रूपमा प्रभावित भएको प्रहरीले जनाएको छ।

बागमतीमा काभ्रे, रसुवा, नुवाकोट र धादिङका सडक प्रभावित छन्। रसुवाको त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ भने धादिङको पृथ्वी राजमार्गका विभिन्न स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।

गण्डकीको बेनी–जोमसोम, कर्णालीको मुगु–गमगढी, लुम्बिनीका घोराही–थवाङ र सालझण्डी–ढोरपाटन तथा सुदूरपश्चिमको जयपृथ्वी राजमार्ग पनि पहिरोका कारण प्रभावित भएका छन्।

प्रहरीले वर्षा जारी रहेकाले जोखिमयुक्त सडकमा सावधानी अपनाउन र सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

२०८३ भदौ २० गते शनिवार १०:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु