"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, २२ सय ३२ जनाको डीएनए नमुना संकलन

भोटेकोशी बाढीपछि खोजी–उद्धारमा ७ हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले खोजी, उद्धार, शव व्यवस्थापन र राहत वितरणलाई तीव्रता दिएको छ। प्रभावित क्षेत्रमा ७ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।

प्रहरीका अनुसार हालसम्म १ हजार ३४४ शव फेला परेका छन्। तीमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला र ४८९ पुरुष छन्।

शव पहिचानका लागि १ हजार २६० मृतक र ९७२ आफन्त गरी २ हजार २३२ जनाको डीएनए नमुना संकलन गरिएको छ।

यस्तै, विभिन्न होल्डिङ सेन्टरमा ३ हजार ६५५ जना राखिएका छन्। बेपत्ता व्यक्तिको खोजी, घाइतेको उद्धार, राहत वितरण तथा सडक खुलाउने कामलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा सचेतना अभिवृद्धिका लागि १११ कार्यक्रम सञ्चालन गरी ४१ हजार ८३८ जनालाई सहभागी गराइएको प्रहरीले जनाएको छ।

२०८३ भदौ २० गते शनिवार १०:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु