माइतीघरमा शिक्षकहरूको सिठी जुलुस, विद्यालय शिक्षा ऐन जारी गर्न माग
काठमाडौ । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंको माइतीघरमा सिठी जुलुस निकालेका छन्।
नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म सिठी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन्।
सरकारले चैत २५ गतेसम्म पनि आफ्ना मागहरू पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन्।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।
२०८१ चैत २४ गते आइतवार १७:४४ बजे प्रकाशित























