स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गरे रविको पक्षमा हस्ताक्षर
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंह रास्वपाको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले असार पहिलो सातादेखि रवि लामिछानेको रिहाइ माग गर्दै हस्ताक्षर अभियान चलाइएको छ।
आइतबार पार्टीको केन्द्रीय कार्यालयमा पुगेर सिंहले हस्ताक्षर गरेका हुन्।
सहकारी ठगी मुद्दामा लामिछाने अहिले भैरहवा कारागारमा छन्। लामिछानेको थुनालाई उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राजनीतिक प्रतिशोध साँधेको रूपमा व्याख्या गर्दै आएको छ।
२०८२ साउन ११ गते आइतवार १७:१७ बजे प्रकाशित






















