"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विश्वासको मत नलिनुको कारण पेस गर्न प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा पुन विश्वासको मत नलिएको भन्दै दायर रिटमा शुक्रबार कारण देखाऊ आदेश जारी गरेको हो ।

अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार कारण देखाउ आदेशसहित अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश भएको हो । सर्वोच्चले पहिलो सुनुवाइमा अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ । शुक्रबार सरकारका तर्फबाट इन्टरभेन्सन बहस पनि भएको थियो ।

सरकारलाई समर्थन गरेको मध्येको एक दल जनता समाजवादी पार्टी, नेपालले समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनुपर्ने दाबी रिटमा गरिएको थियो ।

२०८२ भदौ ६ गते शुक्रवार १७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु