"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

डा. गोविन्द केसीले २३औँ सत्याग्रह गेटा मेडिकल कलेजमा

धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा.गोविन्द केसीले २३औँ सत्याग्रह सुरु गरेका छन् । उनले शनिबारदेखि कैलालीको धनगढीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान (गेटा मेडिकल कलेज) परिसरबाट सत्याग्रह थालेका हुन्।
डा। केसीले सरकारले चिकित्सा शिक्षामा एमबीबीएस को सिट संख्या बढाउने निर्णयको विरोध गर्दै सत्याग्रह सुरु गरेका हुन्। यसैसँगै उनले ४ बुँदे माग अघि सारेका छन्।

डा। केसीका प्रमुख माग
१। प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिनु, शुल्क वृद्धि नगर्नु, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्नु र गेटा मेडिकल विश्वविद्यालयलाई तुरुन्त पूर्ण क्षमतामा सञ्चालन गर्नु।

२. एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान र विश्वविद्यालयरप्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि ऐन पारित गरी, मेडिकल शिक्षालाई गैर नाफामूलक बनाउन र सरकारी अस्पतालसहित सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्न।

३. लिपुलेखमा अतिक्रमण बन्द गरी अतिक्रमित भूमि फिर्ता ल्याउन भारत सरकारसँग पहल गर्न र नेपाल सरकारलाई त्यसको सुनिश्चितता गर्न।

४. युक्रेन र गाजामा भइरहेको युद्ध र आक्रमण तुरुन्त बन्द गर्न रुस र इजरायलसँग माग गर्न।

डा. केसीले विगतमा पनि चिकित्सा शिक्षा सुधार र सुशासनका माग गर्दै पटक–पटक सत्याग्रह गरेका छन्। यसपटक पनि उनको आन्दोलनले स्वास्थ्य क्षेत्र र राजनीतिक वृत्तमा चासो बढाएको छ।

 

 

 

२०८२ भदौ १५ गते आइतवार १७:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु