"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

जेनजी पुस्ताको माग सम्बोधनमा सरकारले ध्यान देओस, अराजकता मच्चाउन सामाजिक सञ्जाल बन्द गरिएको आरोप लगाए: ओली

भक्तपुर। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउने काम ख्यालठट्टा नभएको बताउँदै उनले जेनजी पुस्ताको माग सम्बोधनमा ध्यान दिन सरकारसँग आग्रह गरेको छन् ।

नेकपा (एमाले) भक्तपुरले बिहीबार भक्तपुरको गुण्डुमा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउँदै देशको परिवर्तन र विकासमा एमाले जत्तिको चिन्तित पार्टी कुनै नभएको दाबी गरे। देशको परिवर्तन र समृद्धिका लागि एमाले स्थापनाकालदेखि सङ्घर्ष गर्दैआएको शक्ति भएको उनले प्रष्ट पारे।

जेनजी आन्दोलनको आवरणमा षडयन्त्रकारीहरूले नेपालको भौतिक संरचना ध्वस्त बनाएको बताउँदै उनले भने, “जेनजीको एजेण्डा मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नु हो । यहाँ सुशासन कायम हुनुपर्छ भन्ने हो । देशको समृद्धि र विकास हुनुपर्छ भन्ने हो । हामी सबैको माग पनि त्यही हो ।” सार्वजनिक पद धारणा गर्ने सबैको सम्पत्ति छानबिन गर्न उनले सरकारसँग आग्रह गरे।

आफू नेतृत्वको सरकारले सामाजिक सञ्जाल नरोकेको बरु नेपालमा दर्ता भएर चलाउ मात्र भनेको प्रष्ट पार्दै अध्यक्ष ओलीले भने, “टमाटर र तरकारी उत्पादनले कर तिर्छन्, सामाजिक सञ्जालबाट अरबौं रुपियाँ कमाउनेले सरकारलाई कर तिर्नु पर्दैन ? नेपालमा दर्ता भएर कर तिर भनेका हौं, बन्द गरेका होइनौं ।” अराजकता मच्चाउन सामाजिक सञ्जाल बन्द गरिएको आरोप लगाइएको उनले टिप्पणी गरे।

२०८२ असोज २३ गते बिहीवार २१:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु