"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सेनाको तथ्याङ्क : जेनजी आन्दोलनमा २२ प्रदर्शनकारी र ३ प्रहरीको ज्यान गयो

काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएकामध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको पुष्टि गरेको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको तथ्यांक प्रस्तुत गरे। तीमध्ये २२ जना प्रदर्शनकारी, तीन जना प्रहरी, १० जना कैदी र अन्य ४१ जना विभिन्न कारणले ज्यान गुमाएको सेनाले जनाएको छ।

सेनाले प्रस्तुत गरेको विवरणअनुसार आन्दोलनका क्रममा ६१ जना भीआईपी व्यक्तिको हवाई उद्धार गरिएको थियो। साथै, नेपाल प्रहरीका २३ जना कर्मचारीलाई हवाईमार्गबाट र १२९ जनालाई जमिनमार्गबाट उद्धार गरिएको पनि जानकारी दिइयो।

सेनाले प्रस्तुत गरेको प्रतिवेदनमा आन्दोलनका क्रममा देशभर ६८८ वटा सरकारी कार्यालयमा तोडफोड वा आगजनी, २५९ निजी घरहरू, १२८ व्यावसायिक प्रतिष्ठान, १९८ राजनीतिक दलका कार्यालय र ३०७ प्रहरी चौकीमा क्षति पुगेको उल्लेख छ।

सेनाले यो सबै विवरण तथ्यगत अभिलेखका आधारमा तयार गरिएको बताएको छ।

२०८२ असोज ३१ गते शुक्रवार १७:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु