"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार चार सय रुपियाँ

काठमाडौँ। नेपाली बजारमा मङ्गलबार एकैदिन सुनको मूल्यमा करिब चार हजार नौ सय रुपियाँले बढेको छ ।

अघिल्लो दिनको तुलनामा आज प्रतितोला चार हजार नौ सय रुपियाँले सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि सुन प्रतितोला दुई लाख ४६ हजार चार सय रुपियाँ तोकेको छ ।

अघिल्लो दिन दुई लाख ४१ हजार पाँच सय रुपियाँ थियो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १०५ रुपियाँ बढेको छ । अघिल्लो दिन तीन हजार ६५ रुपियाँ रहेको चाँदी आज तीन हजार १७० रुपियाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा फेरि सुनचाँदीको मूल्य उच्च दरमा बढेसँगै नेपाली बजारमा प्रभाव परेको छ ।

२०८२ कात्तिक २५ गते मंगलवार १७:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु