"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पहिलो तीन महिनामा रेमिट्यान्स ३५.४५ ले उकालो, ५ खर्ब ५३ अर्ब भित्रियो

काठमाडौँ । देशको अर्थतन्त्रलाई मजबुत बनाउने प्रमुख आधार मानिने विप्रेषण (रेमिट्यान्स) आप्रवाह चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा (असोज महिनासम्म) उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार समीक्षा अवधिमा रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

यो वृद्धिदर अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ३५।.४ प्रतिशतले बढी हो। गत वर्षको पहिलो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या बढ्दै गएसँगै उनीहरूले पठाउने रेमिट्यान्सको मात्रामा पनि उल्लेखनीय वृद्धि भएको देखिन्छ।

तथ्याङ्कअनुसार केवल असोज महिनामै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन हालसम्मकै उच्च मासिक आप्रवाह हो। गत वर्षको असोज महिनामा यो रकम १ खर्ब ४४ अर्ब १७ करोड रहेको थियो।

रेमिट्यान्सको वृद्धि नेपाली मुद्रासँगै अमेरिकी डलरमा समेत उत्साहजनक देखिएको छ। समीक्षा अवधिमा डलरमा रेमिट्यान्स २९.२ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा डलरमा रेमिट्यान्स वृद्धि १०.६ प्रतिशतमा सीमित थियो।

विप्रेषण बढ्नुको मुख्य कारण वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा भएको तीव्र वृद्धि हो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिनेको संख्या १,२३,४५९ पुगेको छ, जबकि अघिल्लो वर्ष यो संख्या १,१०,६५४ थियो।

त्यसैगरी पुन: श्रम स्वीकृति लिनेको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ। चालू अवधिमा ७७,२५७ जनाले पुन: स्वीकृति लिएका छन्, जबकि गत वर्ष सोही अवधिमा ५९,९३९ जनाले मात्रै नवीकरण गरेका थिए।

रेमिट्यान्समा आएको यो तीव्र वृद्धि हालको वैदेशिक रोजगार प्रवाहमा देखिएको विस्तारसंग प्रत्यक्ष रूपमा जोडिएको विश्लेषकहरूको भनाइ छ।

२०८२ कात्तिक ३० गते आइतवार १७:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु