नेसनल भोलेन्टियर फोर्स राष्ट्रहितका लागि गठन गरिएको हो, कोही पनि आतिनु पर्दैन: ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवगठित नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) बाट कोही पनि डराउनुपर्ने अवस्था नभएको बताएका छन्।
शुक्रबार युवाहरूको समूह नेसनल भोलेन्टियर फोर्स केन्द्रीय कमान्ड घोषणा कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले फोर्स राष्ट्रहित र नेकपा एमालेका लागि गठन गरिएको बताए। उनले भने, “यो स्वयंसेवक दस्ता राष्ट्रहितका लागि गठन भएको हो। त्यसकारण यसको अस्तित्व र सङ्गठनसँग कोही पनि आत्तिनु पर्दैन, डराउनुपर्दैन।”
अध्यक्ष ओलीले फोर्सले अनुशासित ढङ्गले काम गर्ने र हिंसा, आतङ्क, तोडफोड तथा लुटपाटकाविरुद्ध सक्रिय रहिने पनि स्पष्ट पारे।
२०८२ मंसिर ५ गते शुक्रवार १७:०९ बजे प्रकाशित























