"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अब पुराना पार्टी सकिए भन्न नसोच्न ओलीको आग्रह

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार नेकपा (एमाले)को ११ औँ महाधिवेशनको लागि नवयुग इ–बुलेटिन शुभारम्भ गर्नुभएको छ।

ओलीले अब पुराना पार्टी सकिए भन्न नसोच्न आग्रह गर्नुभयो। उहाँले सरकारले छानबिन गर्न भनि बनाएको आयोगले जनतालाई झुक्याउने बताउनुभयो।

उहाँले नेकपा एमाले देश, जनता, लोकतन्त्र, सुशासन, विकास, संविधानको पक्षमा लगातार गतिशील पार्टी भएको दाबी गर्नुभयो।

देश अहिले विभाजित अवस्थामा रहेको बताउँदै ओलीले यतिबेला अत्यन्त सघन ढङ्गले एमालेका क्रियाकलाप सम्प्रेषित गर्नुपर्ने धारणा राख्नुभयो। ‘सत्य सम्प्रेषण गर्ने कुरा सजिलो छैन तर त्यो नेकपा एमाले र एमालेको मुख पत्रले गर्छ’, उहाँले भन्नुभयो।

देशको बिग्रिएको अर्थतन्त्रलाई एमालेले सकारात्मक दिशामा ल्याउने काम गरेको बताउँदै उहाँले विश्व मञ्चमा नेपालको भूमिकालाई देखिने गरी स्थापित गर्ने काम एमालेबाट भएको बताउनुभयो।

२०८२ मंसिर २० गते शनिवार १७:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु