"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रवि लामिछानेबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारलाई डीपी अर्यालको आग्रह

सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएका छन्।

सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय राजनीति प्रशिक्षण कार्यक्रममा अर्यालले अहिलेको सरकार यस विषयमा मौन रहेको बताए। उनले भने, “हामीले मानेको जनताको सरकार, नागरिकको सरकार किन मौन छरु तत्कालीन सरकारले पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोधका रुपमा कारागार पुर्‍याएको थियो, तर अहिलेको सरकारले स्पष्ट धारणा बाहिर ल्याउनुपर्थ्यो।”

अर्यालले ठूलो दलको नेतालाई कारागारमा राख्दा सरकारले आफ्नो धारणा राख्न ढिला गरेको पनि बताए।

२०८२ मंसिर २६ गते शुक्रवार १७:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु