सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी सबै रिट एकैसाथ सुनुवाइ गर्ने
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ।
कांग्रेसका ५७ र अन्य दलका ३ गरी ६० निवर्तमान सांसदले दायर गरेको पूरक रिटलाई यसअघि कांग्रेसका ८ निवर्तमान सांसदले दायर गरेको रिटसँगै सुनुवाइ गरिने भएको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, डा। मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले सबै निवेदकलाई एकसाथ सुनुवाइमा सामेल गर्न आदेश दिएको हो।
यस आदेशपछि कांग्रेस, एमाले र अन्य दलका करिब डेढ दर्जन रिटमाथि संयुक्त रूपमा सुनुवाइ हुनेछ। प्रतिनिधिसभा पुनर्स्थापनाका लागि दायर गरिएका १७ रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, सभामुख लगायतबाट लिखित जवाफ पनि आइसकेको छ।
२०८२ पुस ९ गते बुधवार १७:३० बजे प्रकाशित






















