"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङबीच शुक्रबार पार्टी एकताको लागि हस्ताक्षर हुने तयारी भइरहेको छ।

स्रोतका अनुसार सबै पक्षले आ–आफ्नो गृहकार्य सकेर सामूहिक भेटेर छलफल गर्ने तयारी गरिरहेका छन्। हस्ताक्षर आजै सम्पन्न भए भोलि एकता घोषणा सभा आयोजना हुने सम्भावना रहेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि वैकल्पिक राजनीतिक शक्ति र जेनजीहरू एकै ठाउँमा आएर पुराना शक्तिहरूलाई चुनौती दिने तयारीमा छन्।

२०८२ पुस ११ गते शुक्रवार १७:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु