"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कुन कारणले स्थान हद गरियो मैले जानकारी पाएको छैन: रमेश लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकारी नपाएको बताएका छन्।

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै लेखकले भने, “कानुन अनुसार कुन कारणले, कुन प्रयोजनका लागि र कति समयको लागि स्थान हद गरिएको हो भन्ने जानकारी मैले पाउनु पर्ने हो, तर पाएको छैन।”

उनले आफू कानुन मान्ने नागरिक र पार्टीको जिम्मेवार कार्यकर्ता भएको पनि स्पष्ट पारे। सोमबारै उनले आयोगमा बयान दिएका थिए।

२०८२ पुस १४ गते सोमवार १७:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु