"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सडक मर्मत गर्न नसकेकै कारण जनतामा ठुलो आक्रोश छ तर बजेट अभावले समस्या: मन्त्री घिसिङ

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बजेट अभावका कारण सबै सडक मर्मत सम्भार गर्न नसकेको बताएका छन्।

मन्त्री घिसिङले २३औँ वार्षिकोत्सव समारोहमा बोल्दै भने, “सडकको अवस्था सुधार गर्नुपर्ने धेरै सडक छन्। सडक बोर्डले आफ्नो जिम्मेवारी बहन गरेको छ, तर बजेटको सीमा (लिमिटेशन) का कारण मर्मत सम्भार समयमै गर्न सकिएको छैन।”

उनले थपे कि संघ, प्रदेश र स्थानीय तहबाट केही सडक मर्मत भइरहेको छ, तर बजेट अभावले समयमै काम गर्न समस्या भइरहेको छ। यसै कारण जनतामा ठुलो आक्रोश देखिएको उनले बताए। उनले आगामी वर्षमा बजेट दायरा बढाउनुपर्ने आवश्यकता पनि औँल्याए।

मन्त्री घिसिङले केही सडक मर्मतमा निर्माण व्यवसायीका कारण ढिला भएको बताए र भने, “अबका दिनमा काम भएन भने निर्माण व्यवसायीले पेनाल्टी तिर्नुपर्ने अवस्था बनाएर काम अघि बढाउनुपर्छ।”

सडक बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीले भने कि समयमा मर्मत नभए लागत बढ्दै गएको छ। उनले थपे, “समयमै सडक मर्मत नगरे तीन–चार गुणा लागत बढ्छ। सडक मर्मतलाई वैज्ञानिक ढङ्गबाट गर्नु आवश्यक छ। सडक बोर्डले नियमित मर्मत, पटके मर्मत र अद्यावधिक मर्मत गर्दै आएको छ।”

२०८२ पुस १५ गते मंगलवार १७:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु