"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

निर्वाचन आयोगद्वारा समानुपातिक बन्दसूचीको रुजु, २७ गतेसम्म त्रुटि सच्याउन दललाई पत्र

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्दसूचीको समीक्षा (रुजु) सम्पन्न गरेको छ।

आयोगका निर्देशक पूर्णबहादुर घर्तीमगरका अनुसार पुस १६–२० गतेसम्म कागजात जाँच गरिएको हो। त्रुटि देखिएका उम्मेदवारको विवरण सम्बन्धित दललाई आइतबार साँझसम्म पत्रमार्फत पठाइनेछ।

दलहरूले २१–२७ गतेसम्म त्रुटि सच्याएर पुन: सूची पेश गर्न सक्नेछन्। अन्तिम सूची तयार हुनु अघि उम्मेदवारहरूले फागुन २८ गतेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन्।

फागुन २१ गते हुने निर्वाचनका लागि दलहरूले पुस १३–१४ गते समानुपातिक सूची पेश गरेका थिए।

२०८२ पुस २० गते आइतवार १८:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु