"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

२१ फागुनको निर्वाचनमा पनि अन्तर क्षेत्र मतदान गर्न नपाउने

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाहिर रहेका मतदाताले यसपटक पनि मतदान गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले शुक्रबार आयोजित प्रेस ब्रिफिङमा अन्तर क्षेत्र तथा अन्तर जिल्ला मतदानको व्यवस्था सम्भव नभएको स्पष्ट पारेको हो।

रोजगारी, शिक्षा, उपचारलगायत कारणले आफ्नो मतदाता नामावली रहेको स्थानमा पुग्न नसक्ने मतदाताका लागि अन्तर क्षेत्र मतदानको माग उठे पनि कानुनी र प्राविधिक तयारी नपुगेकाले व्यवस्था गर्न नसकिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, “यसपटक अन्तर जिल्ला मतदानको व्यवस्था गर्न सकेनौं।”

यद्यपि, अघिल्ला निर्वाचनझैं निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, कारागारका कैदीबन्दी तथा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकका लागि भने अस्थायी मतदाता नामावलीमार्फत मतदानको सुविधा दिइने आयोगले जनाएको छ।

२०८२ पुस २५ गते शुक्रवार १७:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु