"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, ३२ खर्ब नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३२ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।

राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार गत आर्थिक वर्षको असार मसान्तको तुलनामा पाँच महिनामा विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले बढेको हो। असार मसान्तसम्म यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब रुपैयाँ थियो।

अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २२ अर्ब १३ करोड पुगेको छ, जुन पाँच महिनामा १३.५ प्रतिशतले वृद्धि भएको हो। हालको सञ्चितिले २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।

कुल सञ्चितिमध्ये २८ खर्ब ६६ अर्ब ४७ करोड नेपाल राष्ट्र बैंकसँग र ३ खर्ब ३५ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थासँग रहेको छ। विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको हिस्सा २२.२ प्रतिशत छ।

२०८२ पुस २५ गते शुक्रवार १७:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु