देशभर ४९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी, ५ जनाविरुद्ध विरोध दाबी
काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८७ उम्मेदवारले मनोनयन दर्ता गराएका थिए, जसमध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।
भट्टराईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, “देशभर जम्मा ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी आयोगमा छ।”
त्यसैगरी, ५ उम्मेदवारविरुद्ध दाबी विरोध परेको थियो। यसमा १ जनाको मात्र खारेज भएको र अन्य ४ जनाको दाबी यथावत रहेको उनले जानकारी दिएका छन्।
२०८२ माघ ९ गते शुक्रवार १७:२३ बजे प्रकाशित























