"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

संसद विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ गते गर्ने साधारण तारेख तोकेको छ।

रिटकर्ता अधिवक्ता कृतिनाथ शर्मा पौडेलले चुनावको भोलिपल्ट अर्थात् यही फागुन २२ गतेलाई साधारण तारिख पाएको जानकारी दिए ।

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

संसद् विघटनविरुद्ध कात्तिक १२ गते दर्ता भएका १६ रिट निवेदनमाथि संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ गर्दै विपक्षी पक्षलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो। त्यसपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद र नेपाली कांग्रेस प्रधानमन्त्री सुशीला कार्कीको असंवैधानिक नियुक्ति र राष्ट्रपतिबाट गरिएको निर्णयको बदरसम्बन्धी छ।।

२०८२ फागुन ८ गते शुक्रवार १७:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु