"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

हामी आफ्नै शक्ति र खुट्टामा उभिएर निर्वाचनमा जानेछौं: प्रचण्ड

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कतै पनि समीकरण वा तालमेल नहुने स्पष्ट पारेका छन्।

नेकपाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले केही समययता देशका १० स्थानमा तालमेल भइरहेको भन्ने हल्ला चलेको र त्यसको पछि नलाग्न सबैलाई आग्रह गरे। उनले भने, ‘नेकपाले बाग्लुङको एक निर्वाचन क्षेत्रबाहेक कतै पनि समीकरण गरेको छैन। आफ्नै शक्ति र खुट्टामा उभिएर निर्वाचनमा जानेछौं। समीकरण हुने कुरा खारेज गर्न चाहन्छौं।’

यो बयानले नेकपाको निर्वाचन रणनीतिमा स्वतन्त्र र सशक्त रुपमा उम्मेदवार खडा गर्ने दृष्टिकोण देखाउँछ।

२०८२ फागुन १४ गते बिहीवार १८:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु