"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

आचार संहिता उल्लंघनका सबै उजुरीको २० गतेभित्रै निर्णय हुने

काठमाडौं । निर्वाचन आयोग ले देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजारभन्दा बढी आचारसंहिता उल्लंघनका घटनामा कारबाही गरिएको जनाएको छ।

शुक्रबार पत्रकारसँग कुराकानी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले आयोगमा प्राप्त विवरणअनुसार उक्त संख्यामा कारबाही भइसकेको जानकारी दिए।

उनका अनुसार आचारसंहिता उल्लंघन गर्ने व्यक्तिलाई स्पष्टीकरण सोधिने, फाइल विश्लेषण गरी आवश्यक निर्णय गरिनेछ। उल्लंघन पुष्टि भएमा सजायमुखी निर्णयसमेत गरिएको उनले बताए।

‘पूरा १६५ निर्वाचन क्षेत्रमा एक हजार वटा कारबाही भएको रिपोर्ट आयोगमा आएको छ,’ भण्डारीले भने, ‘त्यसको अतिरिक्त कसैले आचारसंहिता उल्लंघन गर्‍यो भने स्पष्टीकरण सोधेर फाइल विश्लेषणपछि निर्णय गर्छौं।’

निर्वाचन हुनुअघि परेका सबै उजुरीहरू २० गतेभित्र टुंग्याइसक्ने आयोगको तयारी रहेको उनले स्पष्ट पारे। साथै, थप उल्लंघनका घटना देखिएमा आयोगले तुरुन्त निर्णय गर्ने जनाएको छ।

२०८२ फागुन १५ गते शुक्रवार १७:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु