"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

जुत्ता चप्पल उद्योगमा ओली, उद्योग प्रोत्साहन गर्ने प्रतिवद्धता

दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा काम गर्ने २५० भन्दा बढी मजदुरलाई उनले प्रत्यक्ष भेट गरेको हो।

सो अबसरमा उनले यहाँको उत्पादनको प्रकार, स्थिति र बजारको सम्भावनाबारेमा अध्यक्ष ओलीले जानकारी लिए। सञ्चालक चुडामणि कार्कीले यहाँ उत्पादन भएका जुत्ता चप्पल नेपालभर बितरण गर्नेगरेको र मागअनुसार अझै उत्पादन बढाउन नसकिएको अध्यक्ष ओलीलाई जानकारी गराएको थियो ।

आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्दै बजार बढाउने र रोजगारी सिर्जना गर्ने काममा आफू लागिपर्ने सो अबसरमा अध्यक्ष ओलीले बताए ।

आसन्न निर्वाचनका लागि प्रचारको अन्तिम दिन उनले आज स्थानीय उद्योग र त्यहाँ काम गर्ने मजदुरसँग भेट गर्नुभएको हो। झापा ५ बाट प्रत्यक्षतर्फको उम्मेदवार रहेका अध्यक्ष ओली अहिले चुनावी अभियान अन्तर्गत घरदैलोमा व्यस्त रहेको छन्। आज उनी झापा ५ का विभिन्न स्थानमा जाने र मतदाता भेट्ने काममा सहभागी हुनुहुने उनको सचिवालयले जनाएको छ।

२०८२ फागुन १८ गते सोमवार १७:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु